close

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

टेकपाना टेकपाना

कात्तिक २१, २०८० ११:१७

दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ ।

नवीकरणका लागि समयावधि भित्र निवेदन पेश नगरेपछि नियामकले इन्टरनेट (ईमेलसहित) सेवाको अनुमति पाएका गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि सुर्खेतको अनुमतिपत्र खारेज गरेको हाे ।

प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार यी सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको छ । साथै खारेज भएका यी संस्थाले नियमानुसार तिर्न बुझाउनुपर्ने रकमका सम्बन्धमा एक महिनाभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचित गराएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:१६