काठमाडौं । कुराकानीलाई अझै सुरक्षित बनाउन ह्वाट्सएपले 'प्रोटेक्ट आईपी एड्रेसेस इन कल्स' फिचर ल्याएको छ । यस फिचर सक्रिय गराएर कल गर्दा प्रयोगकर्ताको वास्तविक आईपी एड्रेस लुक्ने र मेटा अथवा ह्वाट्सएप सर्भरहरूमार्फत रूट लिने कम्पनीले जनाएको छ ।
तर यस फिचर प्रयोग गरेर कल गर्दा गुणस्तर घट्ने बताइएको छ । गोपनीयतामा विशेष ध्यान दिने प्रयोगकर्ताका लागि ल्याइएको याे फिचरमा कल भने इन्ड-टु-इन्ड इन्क्रिप्टेड हुनेछ ।
याे फिचर ह्वाट्सएपको सेटिङभित्र हुने 'प्राइभेसी' सेक्सनमा पाउन सकिन्छ । त्यस्तै ह्वाट्सएपले स्पाम र साइबर आक्रमणबाट बचाउन 'साइलेन्स अननोन् कलर्स' नामका फिचर पनि ल्याएको छ ।