close

नेपाल र यमनबीच आज हुने फुटबल खेलका लागि अनलाइन टिकेट नहुने

टेकपाना टेकपाना

मंसिर ५, २०८० १३:५३

नेपाल र यमनबीच आज हुने फुटबल खेलका लागि अनलाइन टिकेट नहुने

काठमाडौं । फिफा विश्वकप एसिया छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा आज नेपालले यमनको सामना गर्दैछ । बेलुका ७ बजेदेखि दशरथ रंगशालामा हुने उक्त खेलको टिकेट अनलाइनबाट भने खरिद गर्न सकिने छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस खेलका लागि भौतिक रूपमै टिकेट काट्नुपर्ने व्यवस्था गरेको छ । यस अनुसार मंगलबार विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म दशरथ रंगशालास्थित काउन्टरबाट टिकेट खरिद गर्न सकिनेछ ।

खेलको टिकेट सामान्यतर्फ ४०० र भीआइपीतर्फ एक हजार रूपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १३:५३