close

मोबाइल सम्पर्क विच्छेद गराउन बल्खु र तीनकुने क्षेत्रमा जामर प्रयोग

टेकपाना टेकपाना

मंसिर ७, २०८० १३:३७

मोबाइल सम्पर्क विच्छेद गराउन बल्खु र तीनकुने क्षेत्रमा जामर प्रयोग

काठमाडौं । नेपाल प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा जामर प्रयोग गरेको छ । आन्दोलन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न प्रहरीले यी क्षेत्रमा जामर प्रयोग गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शनस्थल बल्खु र नेकपा एमाले निकट  युवा संघको प्रदर्शनस्थल तीनकुनेमा एक-एक थान जामर भेहिकल सञ्चालन गरिएको हो ।

जामर प्रयाेग गरिएसँगै प्रदर्शनस्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ । बढी भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पार्न प्रहरीले जामर भेहिकल प्रयोग गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८० १३:४८