close

एप्पलको जागिर छाडेका कर्मचारीमध्ये अधिकांश गुगलमा जान्छन्ः प्रतिवेदन

टेकपाना टेकपाना

मंसिर १२, २०८० १३:४३

एप्पलको जागिर छाडेका कर्मचारीमध्ये अधिकांश गुगलमा जान्छन्ः प्रतिवेदन

 

काठमाडौं । एप्पल छाड्ने कर्मचारीका लागि गुगल सबैभन्दा लोकप्रिय गन्तव्य बनेको एक रिपोर्टले देखाएको छ । स्विच अन बिजनेसले हालै गरेको अध्ययनले एप्पलका कर्मचारीहरू कम्पनी छाडेपछि गुगलमा जाने गरेकाे देखाएको हो ।

स्विच अन बिजनेसले लिङ्कडिनको डेटा प्रयोग गरेर कुन प्रविधि कम्पनीले अन्य प्रतिस्पर्धी कम्पनीका कर्मचारी सबैभन्दा बढी लिन्छन् भन्ने विषयमा अध्ययन गरेको थियो । त्यसका लागि गुगल (अल्फाबेट), अमेजन, एप्पल, मेटा, माइक्रोसफ्ट, आईबीएम, टेस्ला, ओराकल, नेटफ्लिक्स, एनभिदिया, सेल्सफोर्स, एडोबी, इन्टेल र उबरमा कार्यरत कर्मचारीबारे अध्ययन गरेको थियो । 

सोही अध्ययनको रिपोर्टमा विगतमा अन्य प्रविधि कम्पनीमा काम गरेका कर्मचारीको संख्या गुगलमा २४.१५ ​प्रतिशत रहेकाे छ । तीमध्ये धेरै एप्पलका पूर्वकर्मचारीहरू रहेका छन् ।

तर अन्य कम्पनीमा काम गरिसकेका जनशक्ति भर्ती गर्नेमा मेटा सबैभन्दा अगाडि रहेको छ । मेटामा त्यस्ता कर्मचारीको संख्या २६.५१ प्रतिशत रहेको छ । अन्य कम्पनीका पूर्वकर्मचारीलाई नियुक्त गर्नेमा आईबीएम अन्तिममा देखिएको छ । उसकोमा यस्तो कर्मचारी जम्मा २.२८ प्रतिशत छन् ।

त्यस्तै अन्य कम्पनीका पूर्व कर्मचारी नियुक्त गर्नेमा आईबीएमभन्दा थोरै अगाडिमात्र एप्पल रहेको छ । ​एप्पलमा त्यस्ता कर्मचारीको संख्या ५.७ प्रतिशत छ, जसमध्ये अधिकांश इन्टेलका पूर्वकर्मचारी रहेका छन् ।

एप्पल छाडेका त्यस्ता कर्मचारी गुगल, अमेजन, मेटा, माइक्रोसफ्ट, टेस्ला लगायतका कम्पनीहरूमा जाने रिपोर्टले देख‍ाएको छ । यता गुगल छाडेका कर्मचारीहरू भने मेटा, माइक्रोसफ्ट र अमेजनमा धेरै जाने देखिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १३:४३