close

इन्टरनेट सेवाप्रदायक हिमालयन गोरखा नेट प्रालिको अनुमतिपत्र खारेज

टेकपाना टेकपाना

मंसिर १४, २०८० १३:३०

इन्टरनेट सेवाप्रदायक हिमालयन गोरखा नेट प्रालिको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक हिमालयन गोरखा नेट प्रालिको अनुमतिपत्र खारेज गरेको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले नवीकरणका लागि समयावधिभित्र निवेदन पेश नगरेपछि हिमालयन गोरखा नेटको अनुमतिपत्र खारेज भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार यस सेवाप्रदायकको अनमतिपत्र २०७९ माघ १२ देखि स्वतः खारेज भएको छ ।

साथै खारेज भएको हिमालयन गोरखा नेट प्रालिले नियमानुसार तिर्न बुझाउनुपर्ने रकमका सम्बन्धमा एक महिनाभित्र दूरसञ्चार प्राधिकरणमा सम्पर्क गर्न, अन्यथा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १३:३१