close

विदेशमा रहेका नेपालीका आफन्तलाई हुन्डीवालाले झुक्याएर पठाउँछन् अनलाइन ठगीको रकम

टेकपाना टेकपाना

मंसिर १८, २०८० १७:२०

बिङ एआईद्वारा तयार पारिएको प्रतीकात्मक तस्वीर बिङ एआईद्वारा तयार पारिएको प्रतीकात्मक तस्वीर

काठमाडौं । साइबर ब्युरोले सोमबार एक सूचना जारी गर्दै हुन्डीमार्फत पठाएको रकम उनीहरूको आफन्तसम्म पुग्दा अनलाइन ठगीको रकम पुग्ने गरेको भन्दै त्यसरी नपठाउन अनुरोध गरेको छ ।

केही रकम बचाउने प्रलोभनमा रेमिट्यान्स मार्फत पठाउनुपर्ने रकम हुन्डीमार्फत पठाउन खोज्दा उनीहरूको परिवार अनावश्यक रूपमा अनलाइन ठगीको घटनामा मुछिने गरेको साइबर ब्युरोको भनाई छ ।

टेकपानासँग कुरा गर्दै साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने, ‘विदेशबाट आफ्नो कमाई पठाउन खोज्ने नेपालीले केही रकम बचाउने प्रलोभनमा हुन्डीमार्फत रकम पठाउनु हुन्छ । पहिले हुन्डीमार्फत प्राप्त गरेको रकम पठाइदिने व्यक्तिले केही प्रतिशत कमिसन लिएर उनीहरूका आफन्तलाई नेपाली रकम दिन्थे । तर, अहिले उताबाट रकम ल्याउने र यता उनीहरूका आफन्तको बैंक अकाउन्टमा अनलाइन ठगी गरेर जम्मा गरेको रकम पठाउने गरेको अनुसन्धानबाट देखिएको छ ।’

रायका अनुसार साइबर ब्युरोमा दैनिक चारदेखि पाँच ओटा अनलाइन ठगी सम्बन्धका उजुरी दर्ता हुन्छन् । त्यसमध्ये एउटा घटनामा आफन्तको रकम पाउने व्यक्तिहरू मुछिने गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८० १७:२९