काठमाडौं । अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा म्युजिक भिडिओ छायांकनका क्रममा खिचिएको कलाकार प्रकाश सपुत र जुना विश्वकर्माको भिडिओ भाइरल छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको इनारमाथि नाचेको भन्दै उनीहरूको चर्को आलोचना भएको हो ।
छायांकनका क्रममा खिचिएको सो भिडिओ क्लिप चार महिनाअघिको हो । ‘कमाउने नि हो, रमाउने नि हो’ बोलको म्युजिक भिडिओका लागि उक्त दृश्य खिचिएको थियो ।
त्यही क्रममा छायांकन हेर्न आएकामध्ये कुनै दर्शकले भिडिओ खिचेका थिए । विश्वसम्पदा सूचीमा सूचीकृत भएको वसन्तपुर दरबारमा ररेको सो इनार कुमारी (जीवित देवी)ले खानेपानीका लागि प्रयोग गर्ने र त्यसरी इनारमाथि चढ्दा नेवाः सम्प्रदाय र संस्कृतिमाथि प्रहार भएको सामाजिक सञ्जाल प्रयोगकर्ताको भनाइ छ । केही प्रयोगकर्ताले सपुतले विवाद सिर्जना गरेर गीत चर्चित बनाउने गरेको आरोपसमेत लगाएका छन् ।
यसैबीच सपुतले आफू सो भिडिओमा कलाकारका रूपमा आवद्ध भएको र निर्देशक (काेरियाेग्राफर) ले भने बमोजिम शुट गरेकाे स्पष्टीकरण दिएका छन् । एक मिडियासँग कुरा गर्दै सपुतले उक्त कार्यबाट गल्ती महसुस भएको भन्दै माफी मागेका छन् ।
कमाउने नि हो, रमाउने नि हो’ बोलको म्युजिक भिडिओकाे काेरियाेग्राफी शंकर बीसीले गरेका थिए ।