close

पूर्वप्रेमीले प्रेमिकाको श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएपछि…

टेकपाना टेकपाना

मंसिर २१, २०८० १६:५७

पूर्वप्रेमीले प्रेमिकाको श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएपछि…

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका - १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् । 

प्रहरीका अनुसार पीडित महिला र युवकबीच एक वर्षअघि भेट भएको थियो । त्यही क्रममा उनीहरूबीच सामान्य भेटघाट तथा तस्वीर र भिडिओ आदानप्रदान भएको थियो । त्यसको केही समयपछि ती महिलाको बिहे अर्कै पुरुषसँग भयो । 

त्यसपछि महतोले महिलाको फोटो तथा भिडिओ सम्पादन गरेर अश्लील बनाई उनका श्रीमानलाई पठाइदिए । यसरी वैवाहिक जीवनमै आँच आउने र चरित्रहत्या गरेको भन्दै युवतीले उजुरी दिइन् ।

त्यसैको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा महतो संलग्न भएको प्रमाणित भएपछि पक्राउ गरेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भइरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० १६:५७