close

डिपफेकको शिकार भए रतन टाटा, बेटिङ प्लेटफर्ममा लगानी गर्न प्रेरित गर्दै स्क्यामर

टेकपाना टेकपाना

मंसिर २४, २०८० १२:५१

डिपफेकको शिकार भए रतन टाटा, बेटिङ प्लेटफर्ममा लगानी गर्न प्रेरित गर्दै स्क्यामर

काठमाडौं । भारतीय उद्योगपति तथा टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटा डिपफेक भिडिओको शिकार भएका छन् । हालै स्क्यामरले उनको भिडिओ दुरुपयोग गरेर सर्वसाधारणलाई बेटिङ प्लेटफर्ममा लगानी गर्न प्रेरित गरेकाे पाइएकाे छ ।

भिडिओमा बेटिङ प्लेटफर्ममा कुनै पनि जोखिम नहुने भन्दै उनको आवाजमा लगानी गर्न आह्वान गरिएको छ । त्यस्तै सोही भिडिओमा आमिर खान नाम गरेको व्यक्तिद्वारा सञ्चालित टेलिग्राम च्यानलमा सहभागी हुन आग्रह गरेको देखाइएको छ ।

सोना अग्रवाल नाम भएका व्यक्तिले इन्स्टाग्राममा अपलोड गरेको भिडिओमा उनलाई रतन टाटाले आफ्नो मेनेजर भएको भनिएको छ । भिडिओमा प्रयोगकर्ताले सो प्लेटफर्ममा लगानी गर्दा उनीहरूको बैंकमा रकम आएको पनि देखाइएको छ ।

यसअघि भारतीय अभिनेत्री रश्मिका मन्दनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो भिडिओमा रश्मिकाको अनुहार अर्कै व्यक्तिको शरीरमा जोडेको देखाइएको थियो । त्यसपछि डिपफेक भिडिओका कारण पर्नसक्ने जोखिमबारे थुप्रै बहस भएकाे थियाे । भारतका महानायक अमिताभ बच्चनले पनि रश्मिकाको सो भिडियोलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।

डिपफेक भिडिओ बाहिर आउन थालेपछि डिपफेक फोटो तथा भिडिओ को नियन्त्रणमा पनि भारत सरकार गम्भीर बनेको छ ।

केही समयअघि चर्चित अभिनेत्री प्रियङ्का चोपडा पनि डिफफेक भिडिओको शिकार भएकी थिइन् । भिडिओमा उनले एक ब्रान्डलाई समर्थन गरेको र आफ्नो वार्षिक आम्दानी खुलाएको देखाइएको थियो । 

सम्बन्धित समाचार 

डिपफेक प्रविधिः यसरी बनाउँछ सक्कली र नक्कली भिडिओ-फोटो छुट्याउनै मुस्किल

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८० १३:२