close

माइक्रोसफ्ट नोटप्याडमा पनि अब ‘क्यारेक्टर काउन्ट’ फिचर

टेकपाना टेकपाना

मंसिर २५, २०८० ११:१

माइक्रोसफ्ट नोटप्याडमा पनि अब ‘क्यारेक्टर काउन्ट’ फिचर

काठमाडौं । माइक्रोसफ्टले नोटप्याडमा ‘क्यारेक्टर काउन्ट’ फिचर थप्ने भएको छ । शब्दहरूको संख्या गणना गर्न सजिलो हुने गरी माइक्रोसफ्टले यो फिचर थप्न लागेको जानकारी दिएको हो । 

“टेक्स्ट सेलेक्ट गर्दा स्टाटस बारमा सेलेक्ट गरिएका र डकुमेन्टमा भएका सबै क्यारेक्टरको संख्या देखिन्छ,” माइक्रोसफ्टले विन्डोज ११ को क्यानरी च्यानल परीक्षण संस्करणबारे लेखेको एक ब्लग पोस्टमा भनिएकाे छ, “यदि कुनै टेक्स्ट सेलेक्ट गरिएको छन भने डकुमेन्टमा भएका सबै क्यारेक्टरको संख्या देखिन्छ । यसले काम गरिरहँदा डकुमेन्ट कति लामो भयो भनेर हेर्न सजिलो हुन्छ ।”

अहिले परीक्षणकै क्रममा रहेको यो फिचर विन्डोज ११ इन्साइडर प्रिभ्यू बिल्डमा भने उपलब्ध भइसकेको छ । यद्यपि २०२४ सुरु हुनुअगावै सबै प्रयोगकर्ताका लागि यो फिचर माइक्रोसफ्टले उपलब्ध गराइसक्ने बताइएको छ । यसबाहेक माइक्रोसफ्टले नोडप्याडमा यो वर्ष मात्रै अटोसेभ, ट्याब्स, डार्क मोडजस्ता फिचरहरू थपिसकेको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० ११:१