close

यूटीएल सहित तीन सेवाप्रदायकको लाइसेन्स खारेज, ३० दिनभित्र रकम बुझाउन ताकेता

टेकपाना टेकपाना

मंसिर २८, २०८० १०:१६

यूटीएल सहित तीन सेवाप्रदायकको लाइसेन्स खारेज, ३० दिनभित्र रकम बुझाउन ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (ईमेल सहित) काे दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेका तीन सेवाप्रदायकको अनुमतिपत्र खारेज गरेको छ ।

एक सूचना गर्दै प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।

यूटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते ईमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।

अनुमतिपत्र  नवीकरणका लागि तोकिएको समयावधिभित्र नवीकरण बापतको दस्तुर दाखिला गरी निवेदन पेस नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० अनुसार यी सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले उल्लेख गरेकाे छ ।

साथै खारेज भएका यी संस्थाले नियमानुसार तिर्न बुझाउनुपर्ने रकमका सम्बन्धमा एक महिनाभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचित गराएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० ११:५४