close

इन्जिनियरिङ लाइसेन्सको नतिजामा सुधार, ४७.१७ प्रतिशत उत्तीर्ण

टेकपाना टेकपाना

मंसिर २९, २०८० १७:२४

इन्जिनियरिङ लाइसेन्सको नतिजामा सुधार, ४७.१७ प्रतिशत उत्तीर्ण

काठमाडौं । इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षाको नतिजामा सुधार देखिएको छ । तेस्रो पटक लिइएको परीक्षाको नतिजा बिहीबार सार्वजनिक हुँदा ४७.१७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

लाइसेन्सका लागि नेपाल इन्जिनियरिङ परिषद् (एनईसी)ले गत २२ मंसिरदेखि २८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो, जसमा पाँच हजार ८२१ सहभागी थिए ।

तीमध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका हुन् । यसअघि पहिलो र दोस्रो परीक्षामा क्रमश: २८ र ३४ प्रतिशतले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए । त्यसले नेपालको इन्जिनियरिङ शिक्षामा नै प्रश्न उठेको थियो ।

यद्यपि परिषदले तीनपटक मात्र लाइसेन्सको परीक्षा लिएको र यसको नतिजा सुधारोन्मुख भएकाले सकारात्मक रहनुपर्ने सरोकारवालाकाे प्रतिक्रिया छ ।

लाइसेन्स परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८० १७:२४