close

नेप्सले यस वर्ष पनि जित्यो ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड’

टेकपाना टेकपाना

पुस ७, २०८० १८:५८

नेप्सले यस वर्ष पनि जित्यो ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड’

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेकाे छ ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरशिप कन्क्लेभ नेपाल २०२३’ मा ​नेप्सले 'पेमेन्ट प्रोसेसिङ' विधामा अवार्ड प्राप्त गरेको हो । ​नेप्सले गत वर्ष पनि सोही अवार्ड प्राप्त गरेको थियो ।

नेप्सले सदस्य बैंकहरूमार्फत झण्डै ६० लाख बैंक ग्राहकहरूलाई अन्तर्राष्ट्रिय रूपमा उपलब्ध हुने भुक्तानी सेवा नेपालमा उपलब्ध गराइरहेको छ । साथै बैंक तथा वित्तीय संस्थाहरूका लागि कार्डमार्फत विद्युतीय भुक्तानीसम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मका रूपमा यसले सेवा दिँदै आएको छ ।

यसअन्तर्गत नेप्सले ११ ओटा बैंक तथा वित्तीय संस्थाहरूलाई भिसा, मास्टरकार्ड तथा युनियन पे कार्ड सञ्जालहरूमार्फत कारोबारका लागि होस्टिङ र स्विचिङ सेवा  प्रदान गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८० १८:५८