close

एनसेल सेन्टरमा गएर रिचार्ज गर्दा डिजिटल थर्मस सित्तैमा

टेकपाना टेकपाना

पुस १६, २०८० १२:५८

एनसेल सेन्टरमा गएर रिचार्ज गर्दा डिजिटल थर्मस सित्तैमा

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्जमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले एनसेल सेन्टरमा गएर दुई हजार रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्ने ग्राहकलाई प्रिमियम डिजिटल थर्मस दिने भएको हो ।

यसका लागि आफ्नो नजिकै रहेको एनसेल सेन्टरमा जानु पर्ने हुन्छ । दुई हजार वा सोभन्दा माथिको रिचार्ज गर्ने ग्राहकले डिजिटल थर्मससँगै बोनस डेटा समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १२:५८