close

मेसेन्जरमा भिडिओ कल गर्ने बित्तिकै महिलाको नग्न अङ्ग देखाई ब्ल्याकमेल गर्ने ३ जना पक्राउ

टेकपाना टेकपाना

पुस १८, २०८० १०:१७

मेसेन्जरमा भिडिओ कल गर्ने बित्तिकै महिलाको नग्न अङ्ग देखाई ब्ल्याकमेल गर्ने ३ जना पक्राउ

काठमाडौं । फेसबुकमा फेक आईडी बनाएर रकम ठगी गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । फेसबुकमा महिलाको नामको फेक आईडी बनाएर पुरुष व्यक्तिहरुलाई साथी बनाउने र भिडिओ कल गरी रकम माग गर्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पोखरा-२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर-१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका-१ का २१ वर्षीय युनिक सिंह रहेका छन् ।

फेसबुकमा महिलाको नामको नक्कली आईडी बनाएर पुरुषलाई साथी बनाउने र भिडिओ कल गरी अश्लील भिडिओहरू देखाएर स्क्रिन रेकर्ड गरी रकम नदिए भिडिओ पोस्ट गरिदिन्छु भनी ब्ल्याकमेल गर्दै धम्की दिने गरेको उजुरी आएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर र विद्युतीय अपराध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १३:३३