close

नेपाल टेलिकमको डिजिटल मार्केटिङको जिम्मा एनआईटीभीलाई

टेकपाना टेकपाना

पुस २१, २०८० ९:५१

नेपाल टेलिकमको डिजिटल मार्केटिङको जिम्मा एनआईटीभीलाई

काठमाडौं । नेपाल टेलिकमले आफ्नो बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन एनआईटीभी नेपाल लिमिटेडसँग सहकार्य गरेको छ । हालै यी दुई कम्पनीबीच टेलिकमका सेवालाई सेवाग्राहीसमक्ष प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सहकार्य गर्न एक सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरे । सम्झौता अनुसार टेलिकमसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तर्क्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ ।

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाबारे अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्‍याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने टेलिकमकाे विश्वास छ । 

पछिल्लो अध्यावधिक: पुस २१, २०८० ९:५१