close

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी प्रतिवेदन माघ १५ भित्रै आउँछः सञ्चारमन्त्री

टेकपाना टेकपाना

माघ ४, २०८० १४:५१

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले माघ १५ भित्रै प्रतिवेदन बुझाउने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री शर्माले यसबारे जानकारी दिएकी हुन् ।

मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो । तर निर्धारित समयमा उक्त समितिले प्रतिवेदन नबुझाएपछि सरकारले माघ १५ सम्मको म्याद दिएको थियो ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १५:५४