काठमाडौं । नेपाली बजारमा साओमीले रेड्मी १३सी स्मार्टफोन भित्र्याएको छ । यो फोन ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
९० हर्ज रिफ्रेशरेटसहित ६.७४ इन्च आईपीएस एलसीडी डिस्प्ले रहेको फोन मिडियाटेक हेलियो जी८५ चिपसेटद्वारा सञ्चालित छ ।
यसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, २ मेगापिक्सेलको म्याक्रो र ०.०८ मेगापिक्सेलको एक्जिलरी लेन्स समावेश छ । यी क्यामेरालाई कम्पनीले एआई क्यामेराका रूपमा परिभाषित गरिको छ । त्यस्तै सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको क्यामेरा छ ।
यसमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, कम्पास, भर्चुअल प्रोक्सिमिटीजस्ता सेन्सर छन् ।
५००० एमएएच क्षमताको ब्याट्री रहेको रेड्मी १३सी मा कम्पनीले १८ वाटको चार्जर उपलब्ध गराउने छ ।
नेपाली बजारमा यो फोन विभिन्न तीन कलर भेरियन्ट मिडनाइट ब्ल्याक, नेभी ब्लु र क्लोभर ग्रिनमा खरिद गर्न सकिनेछ ।
६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टलाई १५ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टलाई १८ हजार ९९९ रुपैयाँ तिरेर खरिद गर्न सकिनेछ ।