close

एक घण्टाका लागि सबै सामानमा ६५ प्रतिशतसम्म छुट दिंदै एक्सएज

टेकपाना टेकपाना

माघ ८, २०८० १७:४

एक घण्टाका लागि सबै सामानमा ६५ प्रतिशतसम्म छुट दिंदै एक्सएज

काठमाडौं । इलेक्ट्रोनिक्स एक्सेसरिज ब्रान्ड एक्स एजले आज (सोमबार) एक घण्टाका लागि विभिन्न सामग्रीमा ६५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । कम्पनीले ‘एक्स एज टेक थेरापी क्याम्पेन’ अन्तर्गत विभिन्न डिभाइसमा आकर्षक छुट दिने भएको हो ।

यो अफर सोमबार बेलुका छ बजेदेखि सात बजेसम्म सञ्चालन हुनेछ । त्यही समयमा ग्राहकले ६५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । 

उक्त समयमा यहाँ क्लिक गरी एक्सएजका विभिन्न विद्युतीय उपकरण उल्लिखित छुट रकममा खरिद गर्न सकिनेछ । यसको अर्थ सबै विद्युतीय उपकरणमा ६५ प्रतिशत छुट पाइन्छ भन्ने होइन । 

कम्पनीले कुन विद्युतीय उपकरणमा कति प्रतिशत छुट दिने भन्ने विषय सोही समयमा उल्लेख गर्ने जनाएको छ । विद्युतीय उपकरणको ग्राहक बिक्री मूल्यमा छुट पाउनेछन् ।

हाल एक्सएजले नेपालमा एलईडी टिभी, स्मार्टवाच, हेडफोन, इयरफोन, चार्जिङ केबल, नेकब्यान्ड, गेमिङ हेडसेट, वायरलेस गेमिङ इयरबड, साधारण इयरबड, स्पिकर, एडप्टर, पावर बैंक तथा फिचर फोन लगायतका डिभाइस बिक्री गर्दै आइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ ८, २०८० १७:४