close

भ्याट निकाल्नेदेखि क्यूआर कोड तयार पार्नसम्म मिल्ने नेपाली क्याल्कुलेटर एप

टेकपाना टेकपाना

फागुन ७, २०८० १३:५३

भ्याट निकाल्नेदेखि क्यूआर कोड तयार पार्नसम्म मिल्ने नेपाली क्याल्कुलेटर एप

काठमाडौं । ईलाइट इन्फोटेक कम्पनीले ‘इलाइट क्याल्क’ नामक मोबाइल एप ल्याएको छ । कम्पनीले धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरको सुविधा एकै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ यो एप सार्वजनिक गरेको हो ।

एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टर पाउन मुस्किल भइरहेको हुन्छ । यस्तोमा अनेकौं साइट वा एप चाहार्नु पर्ने बाध्यता बन्छ ।

यही समस्या हटाउन इलाइट क्याल्क ल्याइएको कम्पनीले जनाएको छ । यसबाट सजिलै्सँग विभिन्न प्रकारका गणनाहरू गर्न सकिन्छ ।

इलाइट क्याल्कमा साधारण ब्याज, भ्याट, छुट, आम्दानी, मिति परिवर्तन, करेन्सी कन्भर्टर, ल्याण्ड कन्भर्टर, डिस्ट्यान्स कन्भर्टर लगायतका सुविधा रहेका छन् ।

यस बाहेक यो एपमा वर्ल्ड टाइम, नम्बर, पासवर्ड तथा क्यूआर कोड जेनेरेटर लगायतका सुविधा पनि पाउन सकिन्छ । आफूले गरेको गणना ‘हिस्ट्री’ मा गएर हेर्न सकिने फिचर पनि यसमा रहेको छ । क्याल्कुलेटरको सुविधा हाल मोबाइल एपमा भए पनि आगामी दिनमा वेबसाइटमा समेत उपलब्ध गराइने उल्लेख छ । 

हाललाई गुगल प्ले स्टोरमा उपलब्ध इलाइट क्याल्क एप छिट्टै आईओएसमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताको आवश्यकता अनुसार आगामी दिनमा नयाँ सुविधा थप गर्ने कम्पनीको योजना रहेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८० १३:५३