close

कान्तिपुर इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूका आविष्कार प्रदर्शनी तथा रोजगारी महोत्सव हुँदै

टेकपाना टेकपाना

फागुन ८, २०८० १६:१४

कान्तिपुर इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूका आविष्कार प्रदर्शनी तथा रोजगारी महोत्सव हुँदै

काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेजले 'केईसी लाइट टेक्निकल एक्जिविसन' आजोजना गर्ने भएको छ । यही फागुन ९ र १० गते ललितपुरको धापाखेलस्थित कलेज प्राङ्ग्रणमा आयोजना हुने प्रदर्शनीमा काठमाडौं उपत्यकाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले सिर्जना गरेका नयाँ आविष्कार प्रदर्शनीमा राखिने कलेजले जनाएको छ ।

कार्यक्रममा प्रदर्शनीसँगै ह्याकाथन, आइडियाथन, कोडिङ सम्बन्धी प्रतिस्पर्धा, रोबो रेस, पीसी/मोबाइल गेम लगायतका कार्यक्रम पनि हुनेछन्  । 

सोही अवसरमा 'केईसी करियर एक्स्पो २०२४' नामक रोजगारी महोत्सव समेत हुनेछ, जहाँ विद्यार्थीले आफू अनुकूल रोजगारी खोज्ने अवसर पाउने कलेजले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १६:१९