close

नेपाल टेलिकमका केबल तार चोरी गर्ने तीन जना पक्राउ

टेकपाना टेकपाना

फागुन १३, २०८० ११:२१

नेपाल टेलिकमका केबल तार चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल टेलिकमको केबल तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीका २९ वर्षीय रमेश सार्की, २१ वर्षीय विजय नेपाली र भारत मोतिहारी जिल्ला स्थायी घर भई हाल कास्की बस्दै आएका ३३ वर्षीय फिरोज आलम रहेका छन् । प्रहरीका अनुसार ८ फागुनमा पोखरा महानगरपालिकाको विभिन्न स्थानमा रहेका नेपाल टेलिकमको केबल तार चोरी भएको भन्ने सूचना प्राप्त भएको थियो । 

त्यसै आधारमा खटिएको प्रहरी टोलीले सोही दिन आरोपित तीन जनाको साथबाट तार बरामद गरेको हो । उनीहरूबाट ३५ मिटर तार र १९ किलो ९५० ग्राम (पगालेर) राखेको तयारी तामाको तार बरामद गरिएको प्रहरीले जनाएको छ । 

आरोपित तीनै जनामाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १३, २०८० ११:५८