close

एनसेल मोबाइल एपमा नयाँ अपडेट, प्याकेज खरिद तथा ट्रयाकिङदेखि गेम खेल्नेसम्मका सुविधा

टेकपाना टेकपाना

फागुन १४, २०८० १७:१७

एनसेल मोबाइल एपमा नयाँ अपडेट, प्याकेज खरिद तथा ट्रयाकिङदेखि गेम खेल्नेसम्मका सुविधा

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल एप अपडेट गरेको छ । कम्पनीले एन्ड्रोइडआईओएस रहेको आफ्नो एपलाई थप ग्राहकमैत्री बनाउन परिस्कृत गरेको हो ।

यससँगै कम्पनीका ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउन सक्ने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एपको नयाँ भर्सन सञ्चालनमा ल्याएको छ ।

ग्राहक अनुभव अभिवृद्धि गर्न र ग्राहकको डिजिटल यात्रा सहज बनाउन एपले सहयोग पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । नेपाली बजारमा उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभामार्फत एप अपडेट गरिएको बताइएको छ ।

ग्राहकले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् । मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारण नयाँ भर्सन प्रयोग गर्न सजिलो छ । ग्राहकले एप प्रयोग गर्दा व्यक्तिगत रूपमा सेवा प्राप्त भएको अनुभव लिन सक्छन् ।

यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेम अनलाइन तथा अफलाइन खेल्न सकिने सुविधा समेत रहेको छ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन् ।

यस भर्सनमा प्रयोगकर्ताले सजिलैसँग आफ्नो सेवाको प्रयोग कति भएको, लिइएका प्याक, सक्रिय प्याकको अवस्था हेर्न सक्छन् र आफूलाई मनपर्ने प्याकलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन् । मुख्य मेनुमा पाइने छिटो र छरितो पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा नेभिगेट गर्न सजिलो बनाएको छ ।

त्यसैगरी यस एपमा थप सुधार गरिएको ग्राहक सेवाले प्रयोगकर्तालाई आफ्ना जिज्ञासा तदारुकताका साथ सम्बोधन गरिएको तथा आवश्यक सहयोग प्रदान गरिएको सुनिश्चित गर्छ ।

छोटा वा लामो अवधिका लागि रोमिङ लिएर विदेश जाने ग्राहकका लागि पनि यो एप एकदमै सहयोगी रहेको छ । किनकी एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याक किन्ने लगायतका कार्य गर्दै विदेश भ्रमणका बेलापनि सहज रूपमा सम्पर्कमा रही रहन सक्छन् ।

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राख्ने एनसेलको विश्वास छ । एनसेल सधैं ग्राहकको अनुभव अभिवृद्धि गर्न र उनीहरूको डिजिटल यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

खल्ती डिजिटल वालेटसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम समेत गरिरहेको छ । त्यसैगरी पीआरबीटी सदस्यतालाई सहज बनाइदै छ भने ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउन आवश्यक काम भइरहेका छन् ।

सजिलै भ्वाइस र डेटा प्याक लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्रयाकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरु गर्ने लगायत थुप्रै सेवा सुविधा पहिले देखि नै उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० १७:१८