close

एडोबीको नयाँ एआई टुलले शब्द लेखेकै भरमा संगीत तयार पारिदिने

टेकपाना टेकपाना

फागुन १९, २०८० १४:२४

एडोबीको नयाँ एआई टुलले शब्द लेखेकै भरमा संगीत तयार पारिदिने

काठमाडौं । विश्वचर्चित सफ्टवेयर कम्पनी एडोबीले अक्षर लेखेकै भरमा सङ्गीत तयार पार्ने एआई टुल ल्याउने भएको छ । केही दिनअघि भएको हट पोड शिखर सम्मेलनमा एडोबीले ‘प्रोजेक्ट म्युजिक जेनएआई कन्ट्रोल’ नामक परियोजना सार्वजनिक गरेको हो । 

एआईमा आधारित यस टुलले प्रयोगकर्ताले दिएको निर्देशन (प्रम्ट)का आधारमा कुनै पनि प्रकारको सङ्गीत सिर्जना गर्न सक्ने छ । जस्तै; 'स्याड ज्याज' भनेर लेखे अलि निराश/दु: ख झल्कने ज्याज सङ्गीत तयार हुन्छ । साथै त्यसरी तयार हुने सङ्गीतलाई त्यही टुल मार्फत सम्पादन समेत गर्न सकिने छ ।

यस टुलबाट प्रयोगकर्ताले टेम्पो, गति, संरचना आदि मिलाउन सक्ने छन् । त्यस्तै पनि सानो ट्रयाक लम्बाउन, सङ्गीत रिमिक्स गर्न तथा लुप बनाउन समेत सक्नेछन् । क्यालिफोर्निया विश्वविद्यालय र कार्नेगी मेलोनका अनुसन्धानकर्तासँग सहकार्य विकास एडोबीले विकास गरेको यो परियोजना अहिले अनुसन्धानकै चरणमा रहेको छ । यद्यपि एडोबीले भविष्यमा सार्वजनिक रूपमा यस टुल उपलब्ध गराउन सक्ने छ ।

एडोबीले यस टुलबारे भिडिओ समेत सार्वजनिक गरेको छ । जहाँ एआई टुलले काम गरेको देख्न सकिन्छ । यसबाहेक एडोबीले अडियो फाइलमा भएका फरक फरक आवाज छुट्याउन मिल्ने एआई टुलमा समेत काम गरिरहेको छ । एडोबीको थप एआई परियोजनाबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८० १४:२४