close

फेसबुकमा फेरि आयो ‘पोक’ फिचर, तपाईँले प्रयोग गर्नुभयो ?

टेकपाना टेकपाना

चैत ७, २०८० १५:५६

फेसबुकमा फेरि आयो ‘पोक’ फिचर, तपाईँले प्रयोग गर्नुभयो ?

काठमाडौं । पछिल्लो केही दिनयता तपाईंले फेसबुकमा आफ्नो साथीले पोक गरेको छ नोटिफिकेसन देख्नुभएको होला । अनि पोक सम्बन्धी फेसबुकका मालिक मार्क जुकरबर्गको पोस्ट पनि देख्नुभयो होला । 

धेरै पहिले निकै लोकप्रिय रहेको यो फिचर केही वर्षयता सुस्ताएको थियो । तर अहिले पुन: यसको चर्चा हुन थालेको छ । फेसबुक स्वयंले पछिल्लो केही महिनायता पोक गर्ने संख्या १३ गुणाले बढेको बताएको छ ।

फेसबुकमा कसैलाई ‘पोक’ गर्नुको अर्थ के हो ? के यसको अर्थ जिस्काएको, सम्झेको भन्ने हुन्छ ? सरल भाषामा बुझ्दा पोकले यी अर्थ समेट्छन् । फेरि अर्को तर्फभन्दा ठ्याक्कै यी मात्र पोकको अर्थ होइनन् । हुन त फेसबुक आफैंले वास्तवमा पोक के हो भनेर बताएको छैन । 

टेकक्रन्चका अनुसार हालै फेसबुकले पोकिङ पेजमा सुधार गरेको छ । त्यस अन्तर्गत कसलाई पोक गर्ने भनेर दिइने सजेसन सेक्सन पनि फेसबुकले सुधारेको छ । यिनै कारण फेसबुकमा पोक गर्नेहरूकाे संख्या बढेको छ ।

तीमध्ये धेरैले पहिलो पटक पोकको अनुभव गरेको विभिन्न अन्तराष्ट्रिय प्रविधि मिडियाले बताएका छन् । तर फेरि प्रश्न त अझै बाँकी छ, पोक के हो ? यसको अर्थ के हो ? 

फेसबुकका साथीले पोक गरेपछि देखिने सूचना

वास्तविक जीवनमा कसैलाई केही भन्न हातले कोट्याउने अनुभव सायद तपाईंसँग हुन सक्छ । पोकको आधारभूत अर्थ यही हो । त्यसका आधारमा फेसबुकको पोकको अर्थ कसैलाई आफूतिर ध्यानाकर्षण गराउनु हो ।

अब त्यसलाई जसरी पनि अर्थ्याउन सकिन्छ । जसरी दैनिक जीवनमा आफूतिर आकर्षण गराउन विभिन्न व्यक्तिले फरक-फरक तरिका अपनाउन सक्छन् । जुन सन्दर्भ अनुसार राम्रो/नराम्रो दुवै हुन सक्छ ।

फेसबुकले यस्तो फिचर २००४ देखि नै सुरु गरेको थियो । तर त्यसबेलामा ठ्याक्कै यसले के गर्छ, केका लागि बनाइएको हो भन्ने स्पष्ट थिएन । जुन अहिलेसम्म कायम नै छ । यसकारण पनि मान्छेहरूले आफूअनुकूल यसलाई बुझ्ने गरेका छन् । त्यसो हुँदा कतिपयले यसलाई धेरै मान्छन् त कतिपयले नराम्रो ।

त्यस्तै पोक गर्ने फिचर आफ्ना साथीसँग मात्र सीमित छ । अर्थात् फेसबुकमा नजोडिएका व्यक्तिलाई पोक गर्न सकिँदैन । यदि तपाईंले कसैलाई पोक गरे उनीहरूहरूले “(तपाईंको नाम) पोक्ड यू’ भन्ने सूचना प्राप्त गर्छन् । त्यसपछि उनीहरूले पोक ब्याक गर्न अथवा बेवास्ता गर्न सक्छन् ।

फेसबुकमा कसैलाई पोक गर्न अथवा पोक ब्याक गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८० १६:१३