close

नेपाल र दक्षिण कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता

टेकपाना टेकपाना

चैत १४, २०८० १५:१०

नेपाल र दक्षिण कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपालको भुक्तानी सञ्चालक फोन पे र दक्षिण कोरियाको भुक्तानी नेटवर्क जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर भुक्तानी प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस–बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गर्ने बताइएको छ ।

फोनपे र जीएनएलको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्नेछन् । कोरियाबाट नेपाल आउने जीएनएल प्रयोगकर्ताहरूले हाना वन क्यू, केबी वालेट, आइएम ब्यांक, हाना मनी, जीएलएन एप जस्ता एपमार्फत् फोनपेका १३ लाख स्टोरहरूमा र जिएलएन एप रियलटाइम पे क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्ने बताइएकाे छ ।

जीएनएलका प्रमुख कार्यकारी अधिकृत किंगो किमले भने, ‘‘विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप जीएनएल र फोनपेसँग यो सहयोगी यात्रामा म उत्साहित छु । यो पार्टनरशिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ ।’’

त्यस्तै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने ‘‘हामी जीएनएलसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौं र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौं । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नुका साथै नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्‍याउनेछ ।’’

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १५:१७