close

मोबाइलबाट यसरी सजिलै बनाउनुहोस् आफ्नो स्तरीय सिग्नेचर

टेकपाना टेकपाना

चैत १५, २०८० १२:३९

मोबाइलबाट यसरी सजिलै बनाउनुहोस् आफ्नो स्तरीय सिग्नेचर

काठमाडौं । डिजिटल जमानामा तपाईंको हस्ताक्षर (सिग्नेचर) विभिन्न क्षेत्रमा काम लाग्छ । खासगरी कुनै फर्म भर्नुपर्‍यो वा कुनै डिजिटल कागजातमा सिग्नेचर राख्नुपर्ने अवस्था आउँछ । 

सामान्यतः यस्तो अवस्थामा केही व्यक्तिले डिजिटल माध्यमबाट प्राप्त कागजातलाई प्रिन्ट गर्छन् । त्यसमा हस्ताक्षर गर्छन्, र स्क्यान गरेर पुनः पठाउँछन् । यो प्रक्रिया अलि झन्झटिलो हुन सक्छ । किनभने तपाईंले खोजेको अवस्थामा प्रिन्ट गरिदिने माध्यम नभेटिन सक्छ । 

त्यसबाहेक पनि केही व्यक्तिले आफ्नो सिग्नेचरलाई वर्ड फाइल वा अन्य विभिन्न कागजातमा राख्नुपर्छ भन्ने बुझेका हुन्छन् । तर, त्यसको तरिकाबारे अनभिज्ञ हुँदा सिग्नेचर फोटो कतै फोटो खिचेर राखिएको हो भन्ने प्रष्ट थाहा हुन्छ । यसलाई स्तरीय मानिंदैन ।

त्यसैले ट्रान्सप्यारेन्ट ब्याकग्राउन्ड (पारदर्शी पृष्ठभूमि) को तपाईंको सिग्नेचर उपयुक्त हुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

१) सबैभन्दा पहिले सेतो कागजमा हस्ताक्षर गर्नुहोस् । 

२) त्यसपछि सम्भव भए फोटो स्क्यान गर्ने एप (जस्तै क्यामस्क्यानर (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्)) वा डिफल्ट क्यामेराबाट फोटो खिच्नुहोस् ।

३) त्यसपछि यहाँ क्लिक गरेर ब्याकग्राउन्ड हटाउने साइटमा जानुहोस् ।

 

४) यति भएपछि अपलोड इमेजको बटन ट्याप गरेर आफूले खिचेको हस्ताक्षरको फोटो छान्नुहोस् ।

५) र, तलपट्टि रहेको डाउनलोडको बटनमा ट्याप गरेर फोटो डाउनलोड गर्नुहोस् । 

६) तपाईंले डाउनलोड गरेको उक्त सिग्नेचरको फोटो पीएनजी फर्म्याटमा हुन्छ । (फोटोको ब्याकग्राउन्ड ट्रान्सप्यारेन्ट राख्न यो फर्म्याट प्रयोग हुन्छ) 

७) उक्त फोटोलाई फेसबुक मेसेन्जरमा पठाउँदा JPEG फर्म्याटमा डाउनलोड हुन्छ । जसले गर्दा सिग्नेचरको ब्याकग्राउन्ड कालो देखिन्छ र त्यो सिग्नेचर बुझिंदैन । त्यसैले विट्रान्सफर (WeTransfer) जस्ता विकल्प प्रयोग गरेर कम्प्युटरमा ट्रान्सफर गर्न सक्नुहुन्छ । 

८) अथवा सोझै फोटो कम्प्युटरमा ट्रान्सफर गरेर त्यहीबाट ब्याकग्राउन्ड हटाइ प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८० १२:५१