close

एआईबाट चल्ने रोबोट ल्याउँदै एप्पल, घरायसी काममा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

चैत २३, २०८० ११:२७

एआईबाट चल्ने रोबोट ल्याउँदै एप्पल, घरायसी काममा प्रयोग गर्न सकिने

काठमाडौं । एप्पलले घरायसी कामका लागि प्रयोग गर्न सकिने रोबोट ल्याउने भएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले आफ्नो नयाँ परियोजना अन्तर्गत ‘पर्सनल रोबोटिक्स’ परियोजना अगाडि सारेको हो । 

यो परियोजनालाई ‘मोबाइल रोबोट’ का रूपमा पनि व्याख्या गरिएको छ । यसले प्रयोगकर्तालाई घरमा पछ्याइरहने भनिएको छ । त्यसबाहेक यसलाई त्यस्तो अत्याधुनिक टेबल होम डिभाइस भनिएको छ, जसले डिस्प्लेलाई यताउति घुमाउन रोबोटिक्स प्रयोग गर्छ । 

“एप्पलका इन्जिनियरहरूले मोबाइल रोबोटको खोजी गरिरहेका छन् । यसले प्रयोगकर्तालाई उनीहरूको घर वरपर पछ्याउन सक्छ,” ब्लुमबर्गले उल्लेख गरेको छ, “आईफोन निर्माताले एक अत्याधुनिक टेबल-टप होम डिभाइस पनि विकास गरेको छ, जसले डिस्प्लेबाट वरिपरि सार्न रोबोटिक्स प्रयोग गर्छ ।”

त्यसबाहेक एप्पलले एआई एल्गोरिदमले रोबोटलाई कसरी सहयोग गर्न सक्ने भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । एप्पलको होम रोबोट अमेजनको एस्ट्रो जस्तै हुने भनिएको छ । यसले मोबाइलको भर्चुअल असिस्टेन्टका रूपमा काम गर्नेछ ।

ब्लुमबर्गका अनुसार यो टेबल-टप डिभाइसले फेसटाइम भिडियो कलमा व्यक्तिको ‘टाउको चालको नक्कल गर्न’ गर्न सक्छ । एप्पलले ‘सानो स्ट्यान्डमा रोबोट मोटरको तौल सन्तुलन’ सम्बन्धी प्राविधिक चुनौतीहरूको सामना गरेको छ । र, एप्पलका केही अधिकारीहरूले यस्तो उपकरण विकास गर्ने कि नगर्ने भनेर स्पष्ट रूपमा बहस गरिरहेका छन् । 

अहिले अनुसन्धानको प्रारम्भिक चरणमा रहेको यो परियोजना प्रडक्टका रूपमा सार्वजनिक हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन । अहिलेलाई यो परियोजना एप्पलको आइडिया मात्र हो ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० ११:३१