close

मेसेन्जरबाटै अब १०० एमबीसम्मको फाइल पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख २, २०८१ १२:३५

मेसेन्जरबाटै अब १०० एमबीसम्मको फाइल पठाउन सकिने

काठमाडौं । मेसेन्जरमा अब १०० एमबीसम्मको फाइल पठाउन सकिने भएको छ । कम्पनीले एक ब्लग सार्वजनिक गर्दै १०० एमबीसम्मको फाइल पठाउन सकिने फिचर सुरु भएको जानकारी दिएको हो । 

यससँगै अब मेसेन्जरबाट १०० एमबीको विभिन्न फर्म्याटका फाइल ट्रान्सफर गर्न सकिनेछ । यसअघि मेसेन्जर एपबाट वर्ड, पीडीएफ, पीपीटीएक्स, एक्सल जस्ता फर्म्याटका फाइल पठाउन सकिने सुविधा थिएन । डेस्कटप भर्सनबाट भने यस्ता फाइल पठाउन सकिन्थ्यो ।

मेसेन्जरबाटै यस्ता फाइल पठाउन सबैभन्दा पहिले मेसेन्जरमा आफूले फाइल पठाउन चाहेको व्यक्तिको च्याट छान्नुहोस् । अनि छेउमा भएको चार ओटा थोप्लामा ट्याप गर्नुहोस् । अनि ‘फाइल्स’ (Files) को अप्सनमा जानुहोस् । 

यति गरेपछि आफूले पठाउन चाहेको फाइल छान्नुहोस् । फाइल छान्नासाथ उक्त फाइल तपाईंले चाहेको व्यक्तिको मेसेन्जरमा जान्छ ।

मेटाको स्वामित्वमा रहेको अर्को मेसेजिङ एप ‘ह्वाट्सएप’मा भने फोटो, भिडिओ, वर्ड, एक्सल, पीपीटीएक्स, पीडीएफ लगायतका फाइल २ जीबीसम्मको पठाउन सकिन्छ ।

त्यसरी फाइल अप्सन छानेर डकुमेन्टका रूपमा फोटो र भिडिओ पठाउँदा त्यसको क्वालिटी घट्दैन । र, मेटाडेटा पनि सुरक्षित रहन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १२:४०