close

फोन चार्ज गर्दा करेन्ट लागेर बालकको निधन

टेकपाना टेकपाना

बैशाख १०, २०८१ ११:३

फोन चार्ज गर्दा करेन्ट लागेर बालकको निधन

काठमाडौं । लालीगुराँस नगरपालिका–५ दागपा, तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । 

शनिबार राति साढे सात बजे फोन चार्ज गर्ने क्रममा पिनमा औंला गएपछि करेन्ट लाग्दा नौ वर्षीय सुदीप लिम्बुको निधन भएको हो । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख इन्सपेक्टर खगेन्द्र एकटेलका अनुसार करेन्ट लागेर घाइते भएपछि बालकलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

“घटनास्थल अवलोकन गर्दा बालकले मल्टिप्लगमा चार्जर जोड्ने क्रममा चार्जरको पिनमा औंला परेपछि करेन्ट लागेको देखिन्छ,” टेकपानासँग कुरा गर्दै इन्स्पेक्टर एकटेलले भने, “शवको पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।”

इन्सपेक्टर एकटेलले बालबालिका वा अभिभावकले फोन चार्ज गर्ने क्रममा ध्यान दिन समेत आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ ११:३