close

युक्रेनको विदेश मन्त्रालयमा एआई निर्मित प्रवक्ता

टेकपाना टेकपाना

बैशाख २०, २०८१ १६:१५

युक्रेनको विदेश मन्त्रालयमा एआई निर्मित प्रवक्ता

काठमाडौं । युक्रेनको विदेश मन्त्रालयले रुससँग चलिरहेको युद्ध लगायत विभिन्न विषयमा अपडेट दिन एआई निर्मित प्रवक्ता राखेको छ । युक्रेनको सञ्चारमाध्यम कीभ पोष्टका अनुसार उक्त एआई निर्मित प्रवक्ताको नाम ‘भिक्टोरिया शि’ (Victoria Shi) हो । 

एआई निर्मित प्रवक्ता युक्रेनी गायिका रोजाली नोम्ब्रेजस्तै छ । नोम्ब्रेको सहमतिमै एआई प्रवक्ता राखिएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

"युक्रेनको एक डिजिटल प्रतिनिधि भिक्टोरिया शिलाई भेट्नुहोस्,” विज्ञप्तिमा लेखिएको छ, “विभिन्न मामिलाहरूका बारेमा समयमै अद्यावधिक सूचना सम्प्रेषण गर्न इतिहासमै पहिलो पटक एआई प्रयोग गरेर उनलाई सिर्जना गरिएको हो । उनले डिजिटल प्रतिनिधिको रूपमा आधिकारिक सूचना सम्प्रेषण गर्नेछिन् ।” 

मन्त्रालयले एआई निर्मित प्रवक्ता शिको टिजर भिडिओ पनि सार्वजनिक गरेको छ ।

“मेरो नामले हाम्राे मुख्य लक्ष्यलाई र थरले एआईलाई प्रतिविम्बित गर्छ,” भिडिओमा शिले भनेकी छन्, “मेरो काम युक्रेनको विभागको परिचालन र प्रमाणित जानकारी जनतालाई सम्प्रेषण गर्नु हो ।”

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ १६:२६