close

पोखरा विश्वविद्यालयले अब सबै प्रकारका शैक्षिक प्रमाणपत्रको आवेदन अनलाइनबाट मात्रै लिने

टेकपाना टेकपाना

बैशाख ३१, २०८१ १४:४

पोखरा विश्वविद्यालयले अब सबै प्रकारका शैक्षिक प्रमाणपत्रको आवेदन अनलाइनबाट मात्रै लिने

काठमाडौं । पोखरा विश्वविद्यालयले ‍प्रदान गर्ने विभिन्न शैक्षिक प्रमाणपत्रको आवेदन अनलाइनबाट लिन सुरु गरेको छ । विश्वविद्यालयले शैक्षिक प्रमाणपत्रको आवेदन अनलाइनबाट मात्र लिने गरी काम सुरु गरेको हो ।

अहिले विश्वविद्यालयले दीक्षान्त प्रमाणपत्रबाट यो कामको थालनी गरिसकेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीका अनुसार ट्रान्सक्रिप्ट, प्रोभिजनल लगायत विश्वविद्यालयले जारी गर्ने प्रमाणपत्र प्राप्त गर्न विद्यार्थीले अनलाइन आवेदन दिन सक्नेछन् । यसका साथै आवश्यक पर्ने भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ । 

यसअघि प्रमाणपत्रका लागि विद्यार्थीहरू विश्वविद्यालयमा नै पुग्नु पर्ने बाध्यता रहेको थियो । अब भने विद्यार्थी भौतिक रूपमा उपस्थित हुनु नपर्ने र अध्ययन गरेको कलेजमै प्रमाणपत्र पुर्‍याइदिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक डा. भण्डारीले जनाए । त्यस्तै अब उप्रान्त प्रमाणपत्रको आवेदन अनलाइनमार्फत मात्र लिइने पनि उनको भनाइ छ ।

विद्यार्थीले यहाँ क्लिक गरी प्रमाणपत्रको अनलाइन आवेदन दिन सक्ने छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८१ १४:४