काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याइने बताए । उनका अनुसार यसबाट कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।