close

आईटी कम्पनीले आफ्नो नाफा पुँजीकरण गरे लाभांश करमा छुट पाउने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १७:९

आईटी कम्पनीले आफ्नो नाफा पुँजीकरण गरे लाभांश करमा छुट पाउने

 

काठमाडौं । सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण (पुँजी बढाउने काम) गरेमा लाभांश करमा छुट हुने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नाफा पुँजीकरण गर्ने आईटी उद्योगलाई यस्तो व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।

“सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था मिलाएको छु,” उनले भने, “व्यवसायको क्षमता विस्तारका लागि पुँजीवृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने व्यवस्था मिलाएको छु ।”

यसबाट खासगरी स्टार्टअप, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी लाभान्वित हुने अर्थमन्त्री पुनको विश्वास छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १७:९