काठमाडौं । व्यक्तिगत रूपमा सबैभन्दा बढी सब्सक्राइबर भएका युट्युबर मिस्टर बिस्टले युट्युब च्यानलको विवरण हेर्न सकिने टुल सार्वजनिक गरेका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै बिस्टले ‘भ्युस्ट्याट्स’ नामको प्लेटफर्म सार्वजनिक गरेका हुन् ।
“मैले एउटा ‘भ्युस्ट्याट्स’ (Viewstats) वेबसाइट बनाएको छु,” उनले लेखेका छन्, “जहाँ तपाईंले भ्युज, सब्सक्राइबर र तपाईंले कुनै पनि युट्युब च्यानल वा भिडिओको लागि चाहेको कुनै पनि एड्भान्स डेटा हेर्न सक्नुहुन्छ ।”
यसले क्रियटरलाई कन्टेन्ट क्रियटरको युट्युब पर्फमेन्स बनाउने कुरामा विश्वस्त भएको उनले उल्लेख गरेका छन् । यो टुल प्रयोग गर्न सबैभन्दा पहिले यहाँ क्लिक गर्न वा viewstats.com ब्राउज गर्न सक्नुहुन्छ । त्यसपछि आफूले चाहेको युट्युब च्यानलको नाम सर्च गर्नुपर्ने हुन्छ ।
यति भएपछि तपाईंले उक्त युट्युब च्यानलमा अहिलेसम्म कति भ्युज आएका छन्, कति सब्सक्राइबर छन् र त्यो च्यानल कुन देशबाट सञ्चालित छ भन्ने च्यानल ओभरभ्यु हेर्न सक्नुहुन्छ ।
त्यसबाहेक पछिल्लो २८ दिनमा उक्त च्यानलमा कति भ्युज आयो, सब्सक्राइबर कुन अनुपातमा बढ्यो भन्ने विवरण पनि देख्न सकिन्छ । त्यसबाहेक भ्युज र सब्सक्राइबरका आधारमा सो च्यानल कतिऔं स्थानमा छ भन्ने पनि थाहा पाउन सकिन्छ ।
यसका साथै सो च्यानलसँग मिल्दोजुल्दो अरू कुनकुन च्यानल छन् भन्ने थाहा पाउन र उनीहरूले कस्ता भिडिओ राख्दा च्यानल कसरी अगाडि बढेको छ भन्ने विश्लेषण गर्न सकिन्छ ।
वेबसाइटका साथै मिस्टर बिस्टले क्रोम एक्सटेन्सन पनि सार्वजनिक गरेका छन् । यहाँ क्लिक गरेर उक्त क्रोम एक्सटेन्सन इन्स्टल गर्न सक्नुहुन्छ । त्यसपछि ब्राउजरमा कुनै युट्युब भिडिओ प्ले गरेर ‘भ्युस्ट्याट्स’ को अप्सन ट्याप गर्यो भने उक्त भिडिओको डेटा देखिन्छ ।