close

अब डिशहोम फाइबरनेट जोड्दा निःशुल्क फोरके स्ट्रिमर पाइने

टेकपाना टेकपाना

जेठ २५, २०८१ १२:४४

अब डिशहोम फाइबरनेट जोड्दा निःशुल्क फोरके स्ट्रिमर पाइने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक डिशहोमको फाइबरनेट जोड्दा सामान्य टेलिभिजनलाई एन्ड्रोइड बनाउने फोरके स्ट्रिमर निःशुल्क पाइने भएको छ । यसअन्तर्गत २०० एमबीपीएस वा त्यसमाथिका कुनै पनि नयाँ इन्टरनेट राख्दा अथवा नवीकरण गर्दा ग्राहकले ‘डिशहोम फोरके स्ट्रिमर’ पाउने कम्पनीले जनाएको छ । 

फोरके स्ट्रिमर डिशहोमले हालै सार्वजनिक गरेको नयाँ प्रोडक्ट हो । यसले पुराना तथा सामान्य टेलिभिजनलाई एन्ड्रोइड टेलिभिजन बनाइदिन्छ । सजिलै एक ठाउँबाट अर्कोमा सार्न मिल्ने यो डिभाइस ताररहित पनि छ ।

डिशहोममा १६० लाइभ च्यानल, २०० मुभी, १०० ड्रामा र २० रियालिटी शो रहेका छन् । साथै गुगल एसिस्टेन्ट, बिल्ट इन क्रोमकास्ट, डोब्बाइ अडिओ, गेमिङ, फोरके अल्ट्रा एचडी सपोर्ट, बिल्ट इन डिशहोम गो एप, स्मार्ट ३६० डिग्री जस्ता फिचर छन् । त्यस्तै युट्युब, नेटफ्लिक्स, प्राइम भिडिओ, स्पोटिफाई एप पनि बिल्ट-इन रूपमै छन् ।

कम्पनीले यो अफर सीमित अवधिका लागि ल्याएको हो ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८१ १३:३४