close

पब्जी विश्वकप छनोटका लागि पीएमएसएलमा आजदेखि फाइनल चरणका खेल, दुई नेपाली टिम सहभागी

टेकपाना टेकपाना

जेठ ३१, २०८१ १४:५४

पब्जी विश्वकप छनोटका लागि पीएमएसएलमा आजदेखि फाइनल चरणका खेल, दुई नेपाली टिम सहभागी

काठमाडौं । नेपालमै भइरहेको ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४’ अन्तर्गत तेस्रो साताको फाइनल चरणका खेल आजदेखि सुरु हुँदैछन् । यसअघि लिग चरणको खेल भएकोमा त्यसबाट छनाेट भएका उत्कृष्ट १६ टिम फाइनल चरणमा भिड्दैछन् । 

फाइनल चरणको खेल १ असारसम्म चल्नेछ । यसअघि भएको लिग चरणमा फोर एमभी टिम पहिलाे भएको थियो । त्यसमा नेपाली टिम डीआरएस गेमिङ चौंथो र होरा ई-स्पोर्ट्स सातौं भएको थियो । 

यो प्रतियोगितामा नेपाल, बङ्गलादेश, पाकिस्तान, उज्वेकिस्तान, युक्रेन, रसिया र मङ्गोलियाका टिमसहित कुल १६ टिम खेल्दैछन् ।

नेपालका दुई टिममध्ये होरा ई-स्पोर्ट्सले साउथ एसिया क्वालिफायर खेलेर यो प्रतियोगितामा स्थान बनाएकाे हाे भने डीआरएस आमन्त्रित टिमको रूपमा प्रतियोगितामा सहभागी भएको हाे ।

यो प्रतियोगितामा शीर्ष चारभित्र पर्ने टिमले साउदी अरेबियाको रियादमा हुने ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ (पीएमडब्लूसी) को समूह चरणमा स्थान बनाउने छन् भने पाँचौं स्थानमा रहने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को सर्भाइबल चरणमा खेल्न पाउनेछ ।

दिउँसाे ४:४५ देखि सुरु हुने खेलको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

यी हुन् उत्कृष्ट १६ टिम 

१) फोर मर्सिकल भाइब्स

२) रुख ई-स्पोर्ट्स

३) म्याडबुल्स

४) डीआरएस गेमिङ

५) आईसी ईस्पोर्ट्स

६) फाल्कन फोर्स

७) होरा ई-स्पोर्ट्स

८) अस्गाई एट ईस्पोर्ट्स

९) डी मुर्ती 

१०) टिम लेकर्स 

११) एभरेस्ट गेमिङ

१२) एवान टीएमटी ईस्पोर्ट्स

१३) आर थ्री जिसाइड

१४) हार्ड ब्यास टिम

१५) स्ट्रोङगर ईसपोर्ट्स

१६) ५२ ईस्पोर्ट्स

पछिल्लो अध्यावधिक: असार २, २०८१ १०:४४