close

एन्ड्रोइड मोबाइलमा अब एप इन्स्टल हुनासाथ स्वतः खुल्ने

टेकपाना टेकपाना

असार ४, २०८१ १३:२१

एन्ड्रोइड मोबाइलमा अब एप इन्स्टल हुनासाथ स्वतः खुल्ने

काठमाडौं । इन्स्टल गरेका एप स्वत: खुल्ने गरी गुगल प्ले स्टोरमा नयाँ अपडेट आउने भएको छ । गुगलले 'एप एटो ओपन' नामक फिचर ल्याउन अहिले परीक्षण गरिरहेको हो । एन्ड्रोइड अथोरिटीका अनुसार यो फिचर गुगल प्ले स्टोरको बेटा भर्सन ४१.४,१९  मा देखिएको छ ।

अहिले कुनै पनि एप इन्स्टल भइसकेपछि एप स्वत: खुल्दैनन् । प्रयोगकर्तालाई एप खोल्ने अथवा नखोल्ने भन्ने विकल्प दिइन्छ । यस फिचर पछि भने इन्स्टल भएका एप स्वतः खुल्ने भएका हुन् । 

प्ले स्टोरमा यो फिचर आइसकेपछि डिफल्ट रूपमा अन हुने छ । तर प्रयोगकर्ताले फिचर अन/अफ गर्न भने सक्नेछन् । त्यस्तै यो फिचर आइसकेपछि प्रयोगकर्ताले नोटिफिकेसन पाउने बताइएको छ । 

सो नोटिफिकेसन पाँच सेकेन्डसम्म रहने र फोनको सेटिङ अनुसार रिङ गर्ने बताइएको छ । यद्यपि गुगलले भने यसबारे औपचारिक रूपमा केही जानकारी दिएको छैन ।

 

पछिल्लो अध्यावधिक: असार ४, २०८१ १३:२१