close

छनोट भएका १८३ मध्ये १९ स्टार्टअपले पाए १ करोडभन्दा बढी कर्जा

टेकपाना टेकपाना

असार १८, २०८१ १८:४५

छनोट भएका १८३ मध्ये १९ स्टार्टअपले पाए १ करोडभन्दा बढी कर्जा

काठमाडौं । स्टार्टअप कर्जाका लागि छनोट भएका १८३ मध्ये १९ स्टार्टअपले सहुलियतपूर्ण कर्जा लिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १९ स्टार्टअपले एक करोड एक लाख ५० हजार रुपैयाँ कर्जा लिएको जानकारी दिएको छ । 

छनोटमा परेका स्टार्टअपलाई राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट पाँच लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिइने छ । प्रतिष्ठानका अनुसार पहिलो किस्ताबापत पाँच लाख रुपैयाँ पाउने र सो किस्ताको प्रगति विवरणको प्रतिवेदनपछि दोस्रो किस्ता उपलब्ध गराइने छ ।

सरकारले छनाेट भएका स्टार्टअपका परियोजनालाई कुनै धितो/धरौटी बिनै ऋण प्रवाह गर्नेगरी स्टार्टअप कर्जाको अवधारणा ल्याएको हो । यसका लागि राष्ट्रिय वाणिज्य बैंकले परियोजना र सञ्चालक कालोसूचीमा परे/नपरेको लगायतका विवरणहरू हेर्नेछ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्टार्टअप परियोजनाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले एक अर्ब रुपैयाँ बराबरको स्टार्टअप कोष खडा गर्ने प्रतिवद्धता दिएको छ । 

यी हुन् स्टार्टअप कर्जा पाउन योग्य स्टार्टअपहरू

पछिल्लो अध्यावधिक: असार १८, २०८१ १९:२२