close

एसईईको अनलाइन कक्षा लिन चाहनेले मलाई नम्बर पठाउनुहोलाः ओली

टेकपाना टेकपाना

असार २१, २०८१ १५:४

एसईईको अनलाइन कक्षा लिन चाहनेले मलाई नम्बर पठाउनुहोलाः ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षाको तयारीका लागि अनलाइन कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्पर्क नम्बर उपलब्ध गराउन अनुरोध गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले इच्छुक विद्यार्थीलाई नम्बर पठाउन अनुरोध गरेका हुन् । 

“करिब एक हजार विद्यार्थी भाइबहिनीहरूले हिजैदेखि कक्षा लिन थाल्नु भएको छ,” उनले फेसबुकमा लेखेका छन्, “कक्षा लिन चाहनुहुने विद्यार्थी भाइबहिनीहरूले मलाई नाम र मोबाइल नम्बर म्यासेज बक्समा पठाउनुहोला । तपाईंहरूको पढाइ राम्रो होस् ।”

बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एसईईको पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने घोषणा गरेका थिए । उक्त कक्षा सुरु भइसकेको भन्दै उनले इच्छुक विद्यार्थीलाई नाम र नम्बर पठाउन अनुरोध गरेका छन् ।

उनको आधिकारिक फेसबुक पेजमा मेसेज पठाउन यहाँ क्लिक गर्न सक्नुहुन्छ ।  

 

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १५:१६