close

आजदेखि ५ दिनसम्म आईएमई पेबाट खानेपानी र बिजुलीको बिल तिर्न नमिल्ने

टेकपाना टेकपाना

असार २८, २०८१ १५:२५

आजदेखि ५ दिनसम्म आईएमई पेबाट खानेपानी र बिजुलीको बिल तिर्न नमिल्ने

काठमाडौं । आजदेखि पाँच दिनसम्म आईएमई पेबाट बिजुली तथा खानेपानीको बिल भुक्तानी गर्न नमिल्ने भएको छ । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनीले शुक्रबार एक सूचना राख्दै सेवा अवरुद्ध हुने बारे जानकारी दिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को हिसाब मिलानको निम्ति २८ असारदेखि १ साउनसम्म भुक्तानी सेवा अवरुद्ध हुने बताइएको छ । "सामुदायिक खानेपानी र बिजुलीको बिल भुक्तानीको सेवा स्थगित हुने भएकाले आईएमई पे एपबाट सो अवधिभर सेवा प्रयोग गर्न नमिल्ने जानकारी आदरणीय ग्राहक वर्ग माझ गराउन चाहन्छौं," कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति आईएमई पेले क्षमायाचना समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १५:२५