close

ग्लोबल आइएमई बैंकका नयाँ सीईओ भन्छन्: प्रविधियुक्त बैंकिङ सेवामा जोड दिनेछु

टेकपाना टेकपाना

भदौ २, २०८१ १७:४६

ग्लोबल आइएमई बैंकका नयाँ सीईओ भन्छन्: प्रविधियुक्त बैंकिङ सेवामा जोड दिनेछु

काठमाडौं ।​ ग्लोबल आइएमई बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले पदबहाली ग्रहण गरेका छन् । आफ्नो कार्यकाल सुरु गर्दै उनले सुरक्षात्मक र प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्न आफ्नो प्रयास रहने बताए ।

३५ वर्षदेखि बैंकिङ क्षेत्रमा क्रियाशील रेग्मीले ग्लोबल आइएमई बैंकमा विभिन्न तहमा कर्जा व्यवस्थापन, जोखिम नियन्त्रण, बैंकिङ अपरेसन, मर्जर व्यवस्थापन लगायतका क्षेत्रमा काम गरेका थिए ।

सीईओ भएसँगै उनले बैंकको सम्मानजनक उपस्थिति बजारमा कायम राख्दै नयाँ प्रविधि र सेवा विस्तारमा आफ्नो प्रयासलाई केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ २, २०८१ १७:५०