close

एनसेल ग्राहकले अब एक महिनासम्म निःशुल्क पीआरबीटी राख्न सक्ने

टेकपाना टेकपाना

भदौ ५, २०८१ १८:५४

एनसेल ग्राहकले अब एक महिनासम्म निःशुल्क पीआरबीटी राख्न सक्ने

काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई एक महिनासम्म निःशुल्क पीआरबीटी सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले ‘म्युजिक सधैं अन’ अन्तर्गत यस्तो सेवा ल्याएको हो । 

कम्पनीका अनुसार निःशुल्क पीआरबीटी एक्टिभेट गर्न *17211*0# डायल गर्नुपर्छ । त्यसपछि आफूलाई कस्तो म्युजिक मन पर्छ १ देखि ६ अङ्कमध्ये कुनै एक छनोट गर्नुहोस् ।

अब ३० दिनका लागि निःशुल्क पीआरबीटी सेट गर्न 1 टाइप गरेर सेन्ड गर्नुहोस् । अनि पीआरबीटी कुनै एक नम्बरमा मात्र सेट गर्ने वा सबैका लागि सेट गर्ने भन्ने अप्सन आउँछ ।

सबैका लागि सेट गर्न 1 टाइप गरेर सेन्ड गर्नुहोस् । यदि विशेष नम्बरमा मात्र हो भने 2 टाइप गर्नुहोस् ।

यति गरेपछि तपाईंको सीममा पीआरबीटी सेट हुन्छ । पीआरबीटी टोन सुन्नका लागि 17211 डायल गर्न सक्नुहुन्छ । 

यो पीआरबीटी सेट भएको ३० दिनसम्म कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्य पीआरबीटी टोनको खरिदमा भने स्ट्यान्डर्ड रेट लागू हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८१ १९:११