close

बजारमा आईफोन १६ प्रो मोडेलको माग कम, कारण के होला ?

टेकपाना टेकपाना

असोज १, २०८१ १३:८

बजारमा आईफोन १६ प्रो मोडेलको माग कम, कारण के होला ?

काठमाडौं । आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सले बजारमा अपेक्षित प्रतिक्रिया पाउन नसकेको रिपोर्ट बाहिरिएको छ । बजार विश्लेषक मिङ-ची कुओले यी मोडेलहरूको माग अनुमान गरिएको भन्दा निकै कम रहेको उल्लेख गरेका छन् ।

एप्पलले आईफोन १६ सिरिजका लागि शुक्रवारदेखि प्रिअर्डर खुलाएको थियो । तर यी मोडेलहरूको मागमा धेरै गिरावट आएको कुओले जनाएका छन् । 

कुओले सप्लाई चेन सर्वेक्षण र एप्पलको अनलाइन स्टोरमा रहेको शिपमेन्ट अनुमानका आधारमा तयार पारेको तथ्याङ्क अनुसार आईफोन १६ का चार ओटै मोडेलहरूको पहिलो हप्ताको बिक्री लगभग तीन करोड ७० लाख युनिटमा पुगेको छ । यो संख्या गत वर्षको आईफोन १५ सिरिजको पहिलो हप्ताको बिक्रीभन्दा १३ प्रतिशतले कम हो ।

विशेषगरी प्रो मोडेलहरूको कम मागले समग्र बिक्रीमा गिरावट ल्याएको कुओले बताएका छन् । आईफोन १६ प्रो र प्रो म्याक्सको बिक्री क्रमशः २७ प्रतिशत र १६ प्रतिशतले घटेको अनुमान गरिएको छ, जुन आईफोन १५ प्रो र प्रो म्याक्सको तुलनामा हो । ​

हाल आईफोन १६ र आईफोन १६ प्लसको माग आईफोन १५ र आईफोन १५ प्लसको तुलनामा पहिलो हप्तामा बढी रहेको भए पनि प्रो मोडेलहरूको कम मागले समग्र बिक्रीलाई असर पारेको कुओको विश्लेषण छ । ​

 

कुओले आईफोन १६ प्रो मोडेलहरूको माग अपेक्षाभन्दा कम हुनुको मुख्य कारण एप्पल इन्टेलिजेन्सको फिचर ढिलो आउनु रहेको उनले बताएका छन् । घोषणा गरेको धेरै समय बित्दा पनि बजारमा गइसकेका डिभाइसमा यो फिचर उपलब्ध छैन । यो फिचर अक्टोबरमा आउने आईओएस १८.१ को अपडेटमा मात्र उपलब्ध हुने एप्पलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १३:१५