close

जाइस अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘भिभो भी ४०’ नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

असोज ६, २०८१ १७:२९

जाइस अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘भिभो भी ४०’ नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ मोबाइल निर्माता भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन 'भिभो भी ४०' सार्वजनिक गरेको छ । राजधानीमा हालै एक कार्यक्रम गर्दै कम्पनीले यो फोन अनावरण गरेको हो ।

जाइस इन्जिनियरिङसँगको सहकार्यमा यो फोनमा पोट्रेट फोटोग्राफीको लागि जाइस फोकस ट्रान्जिसन राखिएको छ । यसमा एआई थ्रीडी स्टुडियो लाइटिङको सुविधा पनि छ । जाइसको सिनेम्याटिक भिडिओमा कलात्मक फिल्म बनाउन २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडिओ खिच्न सकिन्छ ।

 शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) भएकाले यसबाट स्पष्ट र उज्यालो फोटो लिन सकिने कम्पनीको भनाइ छ । फोनमा ८० वाट फ्ल्यास चार्जिङ सुविधासहित ५,५०० एमएएच क्षमताको ब्लु भोल्ट ब्याट्री छ । त्यस्तै यसमा १२० हर्जको रिफ्रेस रेटसहित ६.७८ इन्चको थ्रीडी कर्भ्ड एमोलेडे डिस्प्ले छ । ‍​

यसमा क्यामेरा डुअल सेटअपको छ, जसमा क्रमश: ५० मेगापिक्सेलको वाइड र अल्ट्रावाइड क्यामेरा छन् । यसको सेल्फी क्यामेरा पनि ५० मेगापिक्सेलकै छ । फोनबाट भिडिओग्राफी फोरेके ३० एफपीएससम्म खिच्न सकिन्छ ।

कम्पनीका अनुसार ५० मेगापिक्सलको मुख्य क्यामेरा रहेको यो फोन कम प्रकाशमा पनि स्पष्ट फोटो खिच्न सक्षम छ । नेपाली बजारमा नीलो, सेतो र बैजनी रंगका विकल्पमा फोन खरिद गर्न सकिन्छ । 

क्वालकम स्न्यापड्रागन सेभेन जेन थ्रीद्वारा सञ्चालित भिभो भी ४० मा १२ प्लस १२ जीबीको विस्तारित र्‍याम रहेको छ भने २५६ जीबी इन्टर्नल स्टोरेज छ ।

नेपाली बजारमा यो फोनको मूल्य ६५ हजार ९९९ रुपैयाँ राखिएको छ । २४ सेप्टेम्बरसम्म प्रिबुक गर्दा ग्राहकले इयरबड्स र पहिलो तीन महिनाको स्क्रिन रिप्लेसमेन्ट ग्यारेन्टी पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८१ १४:४३