close

दीपल ईभीको ब्रान्ड एम्बास्डरमा पारस खड्का नियुक्त

टेकपाना टेकपाना

असोज ८, २०८१ १९:४०

दीपल ईभीको ब्रान्ड एम्बास्डरमा पारस खड्का नियुक्त

काठमाडौं । चाङ्गन नेपालले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई दीपल ईभीको आधिकारिक ब्रान्ड एम्बास्डरमा नियुक्त घोषणा गरेको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले खड्कालाई एम्बास्डरमा नियुक्त गरको हो ।

कार्यक्रममा खड्काले दीपल ईभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । “यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ जुन यो सेग्मेन्टमै छैन,” उनले भने, “इनोभेसन र टेक्नोलोजीमार्फत् ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।”

पारसलाई दीपल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दीपल ईभीको ब्रान्ड एम्बास्डर बनाउन पाउँदा गर्व लागेको उल्लेख गरे ।

केही महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ डिजाइन, अत्याधुनिक प्रविधि र पर्फर्मेन्सका कारण चर्चामा छ । नेपालमा सार्वजनिक भएयता चाङ्गनले ५०० भन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको जनाएको छ । 

यो फ्युचरिस्टिक ईभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिङ मोड लगायत १५ भन्दा बढी विशेष फिचर छन् ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८१ २०:१