close

भ्रष्टाचार गरेको भन्दै ह्याकरले गरे प्रचण्डको वेबसाइट डाउन

टेकपाना टेकपाना

असोज १९, २०८१ २०:१९

भ्रष्टाचार गरेको भन्दै ह्याकरले गरे प्रचण्डको वेबसाइट डाउन

काठमाडौं । ह्याकर समूह ‘एनोनिमस नेपाल’ले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वेबसाइट डाउन गराएको दाबी गरेको छ । शनिबार टेलिग्राममार्फत उक्त टोलीले प्रचण्डको वेबसाइटमा आक्रमण गरेको जनाएको हो ।

“देशमा भष्ट्राचार मौलायो । त्यसैले वेबसाइट डाउन गरेका हौं,” एनोनिमस नेपालका प्रमुख बिक्सले भनेका छन् ।

वेबसाइटमा उक्त समूहले डीडस आक्रमण गरेको जनाएको छ । यससँगै अब माओवादी केन्द्र र रवि लामिछाने फाउन्डेसनको वेबसाइट पनि डाउन गर्ने उक्त समूहको दाबी छ । “भष्ट्राचार नरोकिने बेलासम्म हामी हाम्रो अभियान जारी राख्नेछौं,” बिक्सले भने । 

यो समाचार तयार पार्दासम्म प्रचण्डको वेबसाइट खोल्दा ‘५०३ सर्भिस अनअभाइबेल’को मेसेज देखिन्छ । साइटले धान्यभन्दा अत्यधिक ट्राफिक आउँदा यस्तो किसिमको इन्टरफेस देखिने साइबर सुरक्षा जानकार बताउँछन् । 

 

पछिल्लो अध्यावधिक: असोज १९, २०८१ २०:२३