close

च्याटजीपीटीको एड्भान्स भ्वाइस मोडेलसँग १० मिनेट निःशुल्क कुरा गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक ४, २०८१ १४:५३

च्याटजीपीटीको एड्भान्स भ्वाइस मोडेलसँग १० मिनेट निःशुल्क कुरा गर्न सकिने

काठमाडौं । च्याटजीपीटीको एड्भान्स भ्वाइस मोडेलसँग १० मिनेट निःशुल्क कुरा गर्न सकिने भएको छ । पैसा तिरेर प्रयोग गर्न सकिने यो फिचर कम्पनीले निःशुल्क एप प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको हो । 

कम्पनीका अनुसार यसमा प्रयोगकर्ताले महिनाको १० मिनेट मात्र एड्भान्स्ड भ्वाइस मोडेलसँग कुरा गर्न सक्छन् । सामान्य मोडेलसँग कुरा गर्दा रोबोट वा एआईसँग कुरा गरेको जस्तो अनुभव हुन्छ । तर, भावनात्मक रूपमा मान्छेसँगै बोलेको जस्तो अनुभव च्याटजीपीटीको एड्भान्स्ड मोडेलसँग हुन्छ ।

यस मोडेलले प्रयोगकर्ताको आवाजको भरमा ऊ कस्तो अवस्थामा छ भन्ने पहिचान गर्छ र त्यही अनुसारको लवजमा कुराकानी गर्न सक्छ । कम्पनीले नेपाली भाषा उल्लेख नगरेको भए पनि च्याटजीपीटीको एड्भान्स्ड भ्वाइस मोडेलसँग नेपालीमै कुरा गर्न सकिन्छ । 

यो प्रयोग गर्नका लागि सबैभन्दा पहिले प्ले वा एप स्टोरबाट च्याटजीपीटी (ChatGPT) भन्ने एप इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि गुगल अकाउन्ट र फोन नम्बर प्रयोग गरी साइनअप गर्नुपर्ने हुन्छ । साइनअप गरिसकेपछि च्याटबक्सको दायाँपट्टि भ्वाइसको अप्सन देखिन्छ । त्यसैमा ट्याप गरेर एड्भान्स्ड र नर्मल मोडेलसँग कुराकानी गर्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८१ १४:५३