close

स्मार्टफोन ब्रान्ड आईटेलले ल्यायो एसएमएस पठाएर थाइल्यान्ड घुम्न पाउने अफर

टेकपाना टेकपाना

कात्तिक ६, २०८१ १०:१

स्मार्टफोन ब्रान्ड आईटेलले ल्यायो एसएमएस पठाएर थाइल्यान्ड घुम्न पाउने अफर

काठमाडौं । स्मार्टफोन ब्रान्ड आईटेलले एसएमएस पठाएर थाइल्यान्ड जान पाउने अफर सार्वजनिक गरेको छ । चाडबाडलाई लक्षित गर्दै कम्पनीले ‘चाडपर्वको धमाका अफर, बम्परमा थाइल्यान्डको सफर’ नामक अफर सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार पाँच जनाले आईटेलको ए६० एस स्मार्टफोन र १० जनाले आईटेलकै नेक ब्याण्ड जित्न सक्नेछन् । बम्पर अफरमा एक जनाले थाइल्याण्ड भ्रमण गर्ने मौका पाउनेछन् । 

यस अफरमा नेपालमा भएका जोकोहीले भाग लिनसक्ने कम्पनीले जनाएको छ । यसका लागि आफूले चलाइरहेको जुनसुकै स्मार्टफोनबाट मात्र एउटा एसएमएस पठाउनुपर्ने हुन्छ । 

ग्राहकले यस अफरमा सहभागी हुन itel <space> आफ्नो नाम टाइप गरी ३४००१ मा मेसेज पठाउनु पर्ने हुन्छ । यो अफर आउँदो २४ कार्तिकसम्म लागू हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८१ १०:५७